ललितपुरमा अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी

ललितपुरमा अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी : Icon Khabar

काठमाडौं, भदौ २४ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।

सानेपा क्षेत्रमा सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र र दक्षिणतर्फ इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 September 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने