ललितपुरमा अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी

ललितपुरमा अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी : Icon Khabar

काठमाडौं, भदौ २४ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।

सानेपा क्षेत्रमा सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र र दक्षिणतर्फ इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

Published Date: 09 September 2025


ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली