काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षामा नेपाली सेना

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षामा नेपाली सेना : Icon Khabar

काठमाडौं, भदौ २४ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ ।

हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।
संसद भवन परिसर भित्र र बाहिर नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको टोली पनि खटाइएको छ ।

हिजो जेनजीको प्रदर्शनमा संसद भवनको पर्खाल तोडफोड भएको र केही प्रदर्शनकारीभित्रै प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति सम्हाल्ने क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा मात्रै १७ जनाको ज्यान गएको थियो ।

स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन भइरहेको छ ।

सुरक्षाकर्मीहरु भने हिजो पर्खाल भत्किएको ठाउँमा काँडेतार लगाएका छन् । एक नम्बर गेटमा समेत काँडेतार राखेर बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 September 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने