वरिष्ठ गायिका इन्दिरा गुरुङ अब सम्झनामा मात्रै

नारायणथानमा गेट, चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा..........

वरिष्ठ गायिका इन्दिरा गुरुङ अब सम्झनामा मात्रै : Icon Khabar

काठमाडौं, भदौ १९ । विविध भाषा र भाकामा पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको हो।

५९ वर्षीया गोले गुरुङ पछिल्लो दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि हात्तीवनमा कान्छी छोरीसहित अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

गुरुङको पार्थिव शरीरलाई बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिनेछ।

तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले नेपाली लोकदोहोरी, आधुनिक र तामाङ गीतहरूमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन् ।

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मेकी उनी तामाङ सेलो र अन्य लोकगीतमार्फत तामाङ संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सक्रिय रहिन् । उनका चर्चित गीतहरूमा नारायणथानमा गेट, चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला लगायतका सदाबहार सिर्जना रहेका छन् ।

उनको उपचारका लागि तामाङ कलाकार संघलगायत विभिन्न संघ–संस्थाले आर्थिक संकलन अभियानसमेत चलाएका थिए । इन्दिरा गोले गुरुङका दुई छोरी छन् भने उनका श्रीमान्‌को पहिले नै निधन भइसकेको छ ।

Published Date: 03 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै