वरिष्ठ गायिका इन्दिरा गुरुङ अब सम्झनामा मात्रै

नारायणथानमा गेट, चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा..........

वरिष्ठ गायिका इन्दिरा गुरुङ अब सम्झनामा मात्रै : Icon Khabar

काठमाडौं, भदौ १९ । विविध भाषा र भाकामा पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको हो।

५९ वर्षीया गोले गुरुङ पछिल्लो दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि हात्तीवनमा कान्छी छोरीसहित अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

गुरुङको पार्थिव शरीरलाई बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिनेछ।

तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले नेपाली लोकदोहोरी, आधुनिक र तामाङ गीतहरूमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन् ।

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मेकी उनी तामाङ सेलो र अन्य लोकगीतमार्फत तामाङ संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सक्रिय रहिन् । उनका चर्चित गीतहरूमा नारायणथानमा गेट, चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला लगायतका सदाबहार सिर्जना रहेका छन् ।

उनको उपचारका लागि तामाङ कलाकार संघलगायत विभिन्न संघ–संस्थाले आर्थिक संकलन अभियानसमेत चलाएका थिए । इन्दिरा गोले गुरुङका दुई छोरी छन् भने उनका श्रीमान्‌को पहिले नै निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने