रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा सुख्खा पहिरो, एकजना घाइते

रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा सुख्खा पहिरो, एकजना घाइते : Icon Khabar

रसुवा, भदौ १५ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।

पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू पहिरो खस्दा घाइते भएका छन् । रोजगारीको सिलसिलामा टिमुरे बस्दै आएका थारू सोही बिहान रसुवागढी पैदल जाँदैगर्दा खसेको ढुङ्गाले उहाँको टाउको, कान र काँधमा चोट लागेको टिमुरे स्वास्थ्य चौकीका इन्चार्ज युगेन लोप्चनले जानकारी दिए।

प्राथमिक उपचारपछि उहाँलाई आइतबार बिहान ९ः४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण भन्सार निर्माण कार्य रोकिएको छ । थप क्षतिको जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।

Published Date: 31 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै