गृहमन्त्री लेखकले लिए हैजा संक्रमित बिरामीको उपचारबारे जानकारी

गृहमन्त्री लेखकले लिए हैजा संक्रमित बिरामीको उपचारबारे जानकारी : Icon Khabar

वीरगञ्ज, भदौ १५ । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका कारण उपचाररत बिरामीको स्वस्थ अवस्था र स्वस्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

शनिबार साँझ वीरगञ्ज पुगेका गृहमन्त्री लेखकले वीरगञ्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए । गृहमन्त्री लेखकले वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए ।

महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए ।

अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो । ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौं । तपाईलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्री ज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताए ।

हैजा पूर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु–अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुई जना डाक्टरलाई जिम्मेवारी दिएका छन् ।

Published Date: 31 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै