सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघ्यो

सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघ्यो : Icon Khabar

काठमाडौँ, भदौ १३ । सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघेको छ । आजको कारोबारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनले २ लाखको आँकडा पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि भदौ १२ र साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

Published Date: 29 August 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न