सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघ्यो

सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघ्यो : Icon Khabar

काठमाडौँ, भदौ १३ । सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघेको छ । आजको कारोबारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनले २ लाखको आँकडा पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि भदौ १२ र साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2025
Website | + posts




ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो
बुधबार कस्तो रहला देशभरको मौसम?
आज बुधबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित