काठमाडौंको जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौंको जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, भदौ १४  जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र-०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र स्कुटर पछाडि सवार काभ्रे पाँचखाल-२ घर भएका २३ वर्षिय नितेश नेपाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर रोकिराखेको बसको पछाडि ठोक्किएको थियो।

Published Date: 29 August 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न