काठमाडौं, भदौ १२ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन बुधबार बढेर २८०० विन्दुभन्दा माथि उक्लिएको नेप्से आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा झरेको छ। कारोबारमा आएका मध्ये २४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ ।
हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो कम्पनीको सेयर निरन्तर सात कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको सेयर ६५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचकमात्र बढेको छ ।
Published Date: 28 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1