बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ १२ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार बढेर २८०० विन्दुभन्दा माथि उक्लिएको नेप्से आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा झरेको छ। कारोबारमा आएका मध्ये २४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ ।

हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

विकास हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो कम्पनीको सेयर निरन्तर सात कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको सेयर ६५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचकमात्र बढेको छ ।

Published Date: 28 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै