हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भदौ १५ गते अर्थात आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।

Published Date: 28 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै