हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत : Icon Khabar

काठमाडौं, भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भदौ १५ गते अर्थात आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन