वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुग्यो

वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुग्यो : Icon Khabar

काठमाडौँ, भदौ १२ । वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुगेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले आज विहान सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । ती मध्ये ७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कूल संक्रमित मध्ये ५८ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै, पोखरियामा ७ जनामा हैजा संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म देखिएको हैजा आरडिटी परीक्षणबाट पुष्टी भएको हो । वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको पानी वा नयाँ जडान गरिएका डिप बोरिङबाट हैजाको संक्रमण फैलिएको अनुमान गरिएपनि हालसम्म आधिकारिक रुपमा हैजा संक्रमण फैल्याउने श्रोतको पुष्टी हुन सकेको छैन ।

यसैबीच, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले वीरगन्जमा फैलिएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको जानकारी दिए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोलीको सक्रियतामा हैजा नियन्त्रणउन्मुख रहेको बताएका छन्। वर्षाका बेला वर्षेनी कतिपय स्थानमा हैजाले प्रकोपको रुप लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2025
Website | + posts




ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो
बुधबार कस्तो रहला देशभरको मौसम?
आज बुधबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित