वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुग्यो

वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुग्यो : Icon Khabar

काठमाडौँ, भदौ १२ । वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय ४१ पुगेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले आज विहान सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । ती मध्ये ७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कूल संक्रमित मध्ये ५८ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै, पोखरियामा ७ जनामा हैजा संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म देखिएको हैजा आरडिटी परीक्षणबाट पुष्टी भएको हो । वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको पानी वा नयाँ जडान गरिएका डिप बोरिङबाट हैजाको संक्रमण फैलिएको अनुमान गरिएपनि हालसम्म आधिकारिक रुपमा हैजा संक्रमण फैल्याउने श्रोतको पुष्टी हुन सकेको छैन ।

यसैबीच, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले वीरगन्जमा फैलिएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको जानकारी दिए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोलीको सक्रियतामा हैजा नियन्त्रणउन्मुख रहेको बताएका छन्। वर्षाका बेला वर्षेनी कतिपय स्थानमा हैजाले प्रकोपको रुप लिने गरेको छ ।

Published Date: 28 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै