दोश्रो भक्तपुर कप – २०७९ आजबाट सूरु हुँदै

दोश्रो भक्तपुर कप – २०७९ आजबाट सूरु हुँदै : Icon Khabar

भक्तपुर, फागुन ५ । भक्तपुर युवा टीमको आयोजनामा आजबाट दोश्रो भक्तपुर कप – २०७९ फुटबल प्रतियोगिता सुरु हुँदैछ। भक्तपुरको महेश्वरी खेल मैदान, हनुमानघाटमा हुने सो प्रतियोगिता अहिले बिहान प्रतिनिधि सभाका संसाद प्रेम सुवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजन भक्तपुर युवा टिम र बौद्ध एफसी काठमाडौंबीच हुनेछ । प्रतियोगितमा काठमाण्डौ उपत्यका (काठमाण्डौ, भक्तपुर, ललितपुर ) बाट १६ वटा टोलीको सहभागीता रहेको छ । जस्मा ग्रुप ए र ग्रुप बि दुई वटा समुह हुन्छ र प्रत्येक समूहबाट नकआउट बाट १-१ गरि दुईवटा टोली फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताका विजेता टोलीले रु.१,२५,००० नगद पुरस्कारका साथै ट्रफी तथा प्रमाण पत्र पाउनेछन भने उपविजेतालाई रु ६०,००० नगद पुरस्कार साथै पदक तथा प्रमाण पत्र पाउनेछन् । त्यसैगरी सर्वोकृष्ट खेलाडीले रु १०००० नगद पुरस्कार र प्रत्येक म्याचको म्यान अफ डि म्याच र राइजिङ प्लेयर घोषणा तथा नगद पुरस्कार प्रदान गरिने छ । साथै सर्वोकृष्ट फर्वाड , मिडफिल्डर, डिफेन्डर, गोलकिपर तथा कोच प्रत्येकलाई रु ५००० र ट्रफी प्रदान गरिने कुरा प्रतियोगिताका संयोजक सुरेश कवांले जानकारी दिए।

Bhakatapur Footabll Cup

Published Date: 17 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?