दोश्रो भक्तपुर कप – २०७९ आजबाट सूरु हुँदै

दोश्रो भक्तपुर कप – २०७९ आजबाट सूरु हुँदै : Icon Khabar

भक्तपुर, फागुन ५ । भक्तपुर युवा टीमको आयोजनामा आजबाट दोश्रो भक्तपुर कप – २०७९ फुटबल प्रतियोगिता सुरु हुँदैछ। भक्तपुरको महेश्वरी खेल मैदान, हनुमानघाटमा हुने सो प्रतियोगिता अहिले बिहान प्रतिनिधि सभाका संसाद प्रेम सुवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजन भक्तपुर युवा टिम र बौद्ध एफसी काठमाडौंबीच हुनेछ । प्रतियोगितमा काठमाण्डौ उपत्यका (काठमाण्डौ, भक्तपुर, ललितपुर ) बाट १६ वटा टोलीको सहभागीता रहेको छ । जस्मा ग्रुप ए र ग्रुप बि दुई वटा समुह हुन्छ र प्रत्येक समूहबाट नकआउट बाट १-१ गरि दुईवटा टोली फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताका विजेता टोलीले रु.१,२५,००० नगद पुरस्कारका साथै ट्रफी तथा प्रमाण पत्र पाउनेछन भने उपविजेतालाई रु ६०,००० नगद पुरस्कार साथै पदक तथा प्रमाण पत्र पाउनेछन् । त्यसैगरी सर्वोकृष्ट खेलाडीले रु १०००० नगद पुरस्कार र प्रत्येक म्याचको म्यान अफ डि म्याच र राइजिङ प्लेयर घोषणा तथा नगद पुरस्कार प्रदान गरिने छ । साथै सर्वोकृष्ट फर्वाड , मिडफिल्डर, डिफेन्डर, गोलकिपर तथा कोच प्रत्येकलाई रु ५००० र ट्रफी प्रदान गरिने कुरा प्रतियोगिताका संयोजक सुरेश कवांले जानकारी दिए।

Bhakatapur Footabll Cup

Published Date: 17 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा