आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ

आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन ५ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एक नेपाली युवालाई पक्राउ गरेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेलमा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आशंकामा पक्राउ गरी प्राविधिक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

आजको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य दिएको छ । यो समाचार लेख्दासम्म नेपालले दोस्रो ओभरमा एक विकेट गुमाएर ३१ रन बनाएको थियो ।

Published Date: 17 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?