आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ

आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन ५ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एक नेपाली युवालाई पक्राउ गरेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेलमा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आशंकामा पक्राउ गरी प्राविधिक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

आजको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य दिएको छ । यो समाचार लेख्दासम्म नेपालले दोस्रो ओभरमा एक विकेट गुमाएर ३१ रन बनाएको थियो ।

Published Date: 17 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न