अन्तिम १५ मिनेटको औषत कारोबारमा लगानीकर्तालको असन्तुष्टि माथि नेप्से स्पष्टिकरण

अन्तिम १५ मिनेटको औषत कारोबारमा लगानीकर्तालको असन्तुष्टि माथि नेप्से स्पष्टिकरण : Icon Khabar

काठमाडौं, भदौ ११ । अन्तिम १५ मिनेटको औषत कारोबारमा जालझेल भएको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाउन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यस विषयमा प्रष्ट पारेको छ ।

अन्तिम १५ मिनेटको औषत गणना वैज्ञानिक भएको दाबी नेप्सेको छ । यसअघि अन्तिम कारोबार मूल्यलाई नै त्यस दिनको अन्तिम कारोबार मूल्य मानिथ्यो । तर धितोपत्र बोर्डबाट स्वीकृत गराई नेप्सेले २०८१ चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबारलाई औषत मूल्यमा गणना गर्न थालेको थियो ।

अन्तिम १५ मिनेटमा फरक-फरक मूल्यमा भएको कारोबारलाई उक्त समयमा भएको पटकले भाग गर्दा आउने योगफललाई अहिले अन्तिम कारोबार निर्धारण गर्ने गरेको छ । यसलाई लगानीकर्ताले जालझेल गरेको भन्दै विरोध गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कुनै बदमासी नभएको भए पनि योगफल निकाल्ने समयमा एकरुपता नहुँदा लगानीकर्ताले शंका गरेको बताए । उनले भने, ‘बम्बे स्कटको १० मिनेट हो, हाम्रोमा १२ मिनेटमा दिने भने पनि १५ देखि २५ मिनेट लाग्दा लगानीकर्ता सशंकित भएका हुन् ।’

Published Date: 27 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै