अन्तिम १५ मिनेटको औषत कारोबारमा लगानीकर्तालको असन्तुष्टि माथि नेप्से स्पष्टिकरण

अन्तिम १५ मिनेटको औषत कारोबारमा लगानीकर्तालको असन्तुष्टि माथि नेप्से स्पष्टिकरण : Icon Khabar

काठमाडौं, भदौ ११ । अन्तिम १५ मिनेटको औषत कारोबारमा जालझेल भएको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाउन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यस विषयमा प्रष्ट पारेको छ ।

अन्तिम १५ मिनेटको औषत गणना वैज्ञानिक भएको दाबी नेप्सेको छ । यसअघि अन्तिम कारोबार मूल्यलाई नै त्यस दिनको अन्तिम कारोबार मूल्य मानिथ्यो । तर धितोपत्र बोर्डबाट स्वीकृत गराई नेप्सेले २०८१ चैत ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबारलाई औषत मूल्यमा गणना गर्न थालेको थियो ।

अन्तिम १५ मिनेटमा फरक-फरक मूल्यमा भएको कारोबारलाई उक्त समयमा भएको पटकले भाग गर्दा आउने योगफललाई अहिले अन्तिम कारोबार निर्धारण गर्ने गरेको छ । यसलाई लगानीकर्ताले जालझेल गरेको भन्दै विरोध गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कुनै बदमासी नभएको भए पनि योगफल निकाल्ने समयमा एकरुपता नहुँदा लगानीकर्ताले शंका गरेको बताए । उनले भने, ‘बम्बे स्कटको १० मिनेट हो, हाम्रोमा १२ मिनेटमा दिने भने पनि १५ देखि २५ मिनेट लाग्दा लगानीकर्ता सशंकित भएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2025
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित