भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, भदौ ८ । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो। यसअघि उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरिसकेकी छिन्। उनी भ्रमण पूरा गरेर भदौ सोमबार स्वदेश फर्कने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2025
Website | + posts