राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक

राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक : Icon Khabar

भक्तपुर, भदौ ६ । पेशाले स्वास्थ्यकर्मी भई पाटन अस्पतालको ल्याब विभागमा कार्यरत राजु कर्माचार्यले आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक गरेका छन्।

मर्मस्पर्शी प्रेमभाव समेटिएको उक्त गीतको म्युजिक भिडियो हालै मात्र हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतका एरेन्जर जुगल डंगोल हुन्।

संगीतप्रेमी कर्माचार्यलाई गीत–संगीतमा गहिरो रुचि छ। कार्यव्यस्त जीवनशैलीबीच पनि उनले फुर्सदको समयमा गीत लेखन, संगीत सिर्जना तथा गायनलाई निरन्तरता दिँदै आएका छन्। यसअघि पनि उनले “न्हापाङ्गुपला” नामक नेवारी एल्बम सार्वजनिक गरिसकेका थिए। उक्त एल्बममा समावेश “धेप मैं” भन्ने भक्तपुरेली ठेट लवजको गीतले युट्युबमा राम्रै चर्चा पाएको छ।

कर्माचार्यले गाउने मात्र नभई आफ्नै गीतका शब्द र संगीत पनि सिर्जना गर्छन्। “फुर्सदको समयमा संगीत सिर्जना गर्दा कामको थकान र मानसिक तनाव हट्छ,” उनले बताए।

“आफ्नो मान्छे” गीत युट्युबमा सार्वजनिक भएको छोटो समयमै उल्लेख्य भ्युज पाइरहेको छ भने टिकटकमा समेत रुचाइँदै गएको छ। उनले चाँडै नै आफ्नै शब्द, संगीत र स्वरमा नयाँ नेपाली एल्बम सार्वजनिक गर्ने योजना बनाइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने