काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न

काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न : Icon Khabar

काठमाडौं, भदौ ६ । काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा पाँच दिने दोस्रो विद्यालयस्तरीय राष्ट्रिय नाटक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कवि तथा अभिनेता विजय बरालको प्रमुख आतिथ्यमा भदौ २ गते उद्घाटन भएको महोत्सव शुक्रबार विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका नाटकसहित समापन भएको हो।

समापन कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले साहित्य, सङ्गीत, कला र संस्कृतिलाई मानव जीवनका अभिन्न अङ्ग मान्दै, विद्यालय तहकै विद्यार्थीहरूले अभिनयात्मक कला सिक्नु अपरिहार्य रहेको र नाटकजस्ता संवादात्मक प्रस्तुतिले सिकाइमा सहजीकरण गर्ने भएकाले यस किसिमको महोत्सवको आयोजना आवश्यक रहेको बताए।

महोत्सवमा ‘थिएटर इन एजुकेसन’ कार्यक्रम अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका १७ वटा विद्यालयका १७ वटा नाटक मञ्चन भए। प्रस्तुत नाटकहरूमा ‘इच्छा भर्सेस समय’, ‘गीता’, ‘बैमानी काल’, ‘यशस्वी भवः’, ‘द टेल अफ इन्द्रजात्रा’, ‘पार्वती’, ‘समीर नाचेको दिन’, ‘The Greek Mythology OlymPiaganza’, ‘परदेशको स्कुल’, ‘सपनासँगको शून्यता’, ‘द जोय माछाको रंगीन सपना’, ‘The internet is a Distract – Oh look, a kitten!’ र ‘मोक्षको मार्ग’ लगायतका नाटकहरू प्रदर्शन गरिएको थियो।

समापन कार्यक्रममा नेपाली चलचित्र निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईसहित विभिन्न क्षेत्रका कलाकारहरू उपस्थित थिए। यसअघि राष्ट्रिय नाटक महोत्सवको पहिलो संस्करण पनि सफलतापूर्वक सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2025
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू