शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ ६ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य १३ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2025
Website | + posts