काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह

काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह : Icon Khabar

काठमाडौं, भदौ ६ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

गएराति सुर्खेतको गोठीकाँडा, सुर्खेत एयरपोर्ट, पश्चिम रुकुमको बाँफीकोट, पर्वतको कुस्मा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल, धनकुटाको पाख्रिबास र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

गएराति काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो । त्यसैले विभागले जोखिम क्षेत्रका बासिन्दाका मोबाइलमा एसएमएस पठाएर सतर्कता अपनाउन भनेको थियो ।

त्यसैगरी रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको थियो । त्यसैले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने