काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह

काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह : Icon Khabar

काठमाडौं, भदौ ६ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

गएराति सुर्खेतको गोठीकाँडा, सुर्खेत एयरपोर्ट, पश्चिम रुकुमको बाँफीकोट, पर्वतको कुस्मा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल, धनकुटाको पाख्रिबास र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

गएराति काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो । त्यसैले विभागले जोखिम क्षेत्रका बासिन्दाका मोबाइलमा एसएमएस पठाएर सतर्कता अपनाउन भनेको थियो ।

त्यसैगरी रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको थियो । त्यसैले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन भनिएको थियो ।

Published Date: 22 August 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न