भक्तपुर, भदौ ५ । साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सम्झौतामा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्य र जुजु बाइक्सका सञ्चालक रमेश कोजु हस्ताक्षर गरेका हुन्। सम्झौतामा साइकल कनेक्टका सदस्य तथा जुजु बाइक्सका कर्मचारीहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।
सम्झौताअनुसार साइकल कनेक्टका सदस्यहरूले अब जुजु बाइक्समा विभिन्न छुट प्राप्त गर्नेछन्। सम्झौता बमोजिम साइकल कनेक्ट भक्तपुरका कोर सदस्यसहित हरेक राइड इभेन्टका राइड क्पाप्टेनहरूलाई एमटीबी सर्भिसिङ शुल्कमा ४०% सम्म छुटको व्यवस्था गरिएको छ। साधारण सदस्यहरूले पनि नियमित सर्भिसिङमा २०% छुट प्राप्त गर्नेछन्। त्यस्तै समुहका सदस्यहरूले स्पेयर पार्ट्स तथा एक्सेसरीज खरिदमा १५% छुट र एमटीबी भाडामा २०% छुटको सुविधा पाइनेछ।
यससँगै दुवै संस्थाले कोरा भक्तपुर २०२६लाई मध्यनजर गर्दै ‘Break Your Cycle – Fix Your Cycle (BYC–FYC)’ कार्यक्रममा समेत सहकार्य गर्ने भएका छन्। यस कार्यक्रम अन्तर्गत साइकल कनेक्ट भक्तपुरका सदस्यहरूलाई एम टी बी मर्मतको तालिम प्रदान गरिनेछ। यस पहलअन्तर्गत जुजु बाइक्सले प्राविधिक सहयोग गर्नेछ भने साइकल कनेक्टले कार्यक्रमलाई समुदायमा विस्तार गर्नेछ।
सम्झौता भदौ १ गतेदेखि लागु हुनेगरी एक वर्षको लागि गरिएको छ। यस अवधिमा दुवै संस्थाले संयुक्त रुपमा साइकलिङलाई प्रवर्द्धन गर्ने, सामुदायिक कार्यक्रम सञ्चालन गर्ने र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन्।
यसका साथै, सोही दिन भएको अर्को समझदारी समारोहमा आइकन खबरलाई साइकल कनेक्ट भक्तपुरको आधिकारिक अनलाइन न्युज पार्टनर रहने सम्झौता गरिएको छ।
साइकल कनेक्ट भक्तपुरले समुदायमा साइकल संस्कृतिलाई व्यवस्थित तरिकाले बिस्तार गर्न यस वर्ष कम्तिमा १० वटा व्यवसायिक र सामुदायिक सहकार्य सम्झौता गर्ने उदेश्य राखेर अगाडी बढिरहेको साइकल कनेक्ट भक्तपुरका सचिव तथा सदस्यता प्रबन्धक सुरेश त्वानाबाशुले जानकारी दिए।
Published Date: 22 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1