आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर

आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर : Icon Khabar

भक्तपुर, भदौ ५ । लोकप्रिय नेपाली अनलाइन न्युज पोर्टल आइकन खबर डटकम र साइकल कनेक्ट भक्तपुरबीच औपचारिक सहकार्य भएको छ। उक्त सम्झौता अन्तर्गत आइकन मिडिया हाउस प्रा.लि. द्वारा संचालित आइकन खबर अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर बनेको हो।

सम्झौता पत्रमा आइकन मिडिया हाउस प्रा.लि. तथा आइकन खबरका अध्यक्ष किरण सुवाल र साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्यले हस्ताक्षर गरेका छन्।

सहकार्य अनुसार, आइकन खबरले साइकल कनेक्ट भक्तपुरका गतिविधि, कार्यक्रम र अभियानलाई मिडियामार्फत प्रवर्द्धन गर्नेछ भने साइकल कनेक्ट भक्तपुरले आफ्ना योजना, तालिम तथा अभियानहरूमा आइकन खबरसँग सहकार्य गर्दै अघि बढ्नेछ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष रियाज कर्माचार्यले विगत चार वर्षदेखि समुदाय र स्थानीय व्यवसायीहरूसँग सहकार्य गर्दै विश्वास जित्न सफल भएको उल्लेख गर्दै, “आइकन खबर जस्तो विश्वसनीय अनलाइन मिडियासँग सहकार्य गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो। यसले साइकल संस्कृतिलाई योजनाबद्ध र चरणबद्ध रूपमा स्थापित गर्न सहयोग गर्नेछ,” भने।

सहकार्य कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका पदाधिकारी, साथै आइकन मिडिया हाउस प्रा. लि. का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने