प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह

प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह : Icon Khabar

रमल्लाह, भदौ ५ । प्यालेस्टिनी विदेश मन्त्रालयले बुधबार विश्वभरका सबै देशलाई प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न आग्रह गरेको छ ।

यो आह्वान हालै इजरायलले गाजा सहरको कब्जा पूरा गर्ने र औपनिवेशिक ई-१ योजना स्वीकृत गर्ने निर्णयको प्रतिक्रियामा आएको हो, जसले उत्तरी पश्चिम किनारलाई दक्षिणबाट अलग पार्ने छ । मन्त्रालयले आफ्नो विज्ञप्तिमा गाजा पट्टीमा भइरहेको नरसंहार र भोकमरी तुरुन्त रोक्न संयुक्त राष्ट्रसङ्घको बडापत्रको अध्याय ७ अनुसार अन्तर्राष्ट्रिय समुदायलाई कदम चाल्न आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “अब हिचकिचाहट वा निष्क्रियता स्वीकार्य छैन । विश्वव्यापी समुदायलाई दुई विकल्प दिइएको छः प्यालेस्टिनी जनतालाई बचाउने र दुई-राज्य समाधानको रक्षा गर्ने वा जारी अपराधहरूमा थप जोखिम निम्त्याउने ।” मन्त्रालयले इजरायलको गाजा सहर कब्जा र ई-१ योजना स्वीकृत गर्ने निर्णयलाई एउटै सिक्काका दुई पाटाका रूपमा वर्णन गर्दै भनेको छ, “नरसंहार, विस्थापन र औपनिवेशिक विलय ।” – रासस/क्युएनए

Published Date: 21 August 2025
ताजा
सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर
मनसुन सक्रिय: देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना
आज सोमबारको राशिफल
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय