आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै

आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै : Icon Khabar

काठमाडौं, भदौ ६ । वर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने कुरालाई ध्यानमा राख्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई डेंगु रोग सचेतना महिनाको रुपमा मनाउने निर्णय भएअनुसार विभिन्न गतिविधिहरु सञ्चालन भईरहेको छ ।

काठमाडौं महानगरपालिकामा समेत हरेक हप्ताको शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने तथा नष्ट गर्ने कार्य गर्दै आएको छ ।

यसैबीच, उक्त कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरी आम नगरवासीहरुलाई सचेत गराउने उद्देश्यले यही साउन २७ गतेको विभागीय स्तरीय निर्णयानुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एक साथ, एकै समयमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणको लागिमेगा अभियान सञ्चालन गरिने छ ।

महानगरपालिकाले बिहीवार साँझ जारी गरेको विज्ञप्ती अनुसार उक्त अभियानमा महानगरपालिकाका विभागिय प्रमुखसहित सम्पूर्ण कर्मचारीहरुलाई सहभागि हुन अनुरोध गरिएको छ ।

विज्ञप्तीमा जनाइ अनुसार यो कार्यक्रम यही भदौ ६ गते शुक्रवार बिहान ठिक ८ बजे राष्ट्रिय सभा गृहबाट प्रारम्भ हुनेछ । यसअन्तर्गत लामखुट्टे बस्ने स्थानहरु नष्ट गर्ने, माइकिङ गर्ने तथा आम नगरबासीहरुलाई सचेत गराउने कार्यक्रम रहेको छ ।

Published Date: 22 August 2025


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली