भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी

भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी : Icon Khabar
तस्बिर: विरेन्द्र जति

भक्तपुर, भदौ ५ । भक्तपुरमा आज पञ्चदान पर्व मनाइदै छ । पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई आज मंगलबार भक्तपुरमा पञ्चदान पर्व मनाइरहेको हो।

बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन यो पर्व मनाउने गरिन्छ। काठमाडौं उपत्यका र आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको छुट्टै विशेषता रहेको छ।

पर्वका क्रममा भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान विराजमान गराइन्छ। त्यहाँबाट दिनभर नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पु-याउने परम्परा छ। यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवहीको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याउने गरिन्छ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थापाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइने छ। नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष परम्परागत बाजाको लयमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ। परम्पराअनुसार पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइने छ। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क लगिने छ। साथै परम्पराअनुसार त्यहाँबाट फेरि इटाछें, भार्वाचो, वंशगोपाल हुँदै अन्तिममा टौमढी पाँचतले मन्दिर पुर्याइने छ।

दीपंकर बुद्धलाई नगर परिक्रमा गर्ने क्रममा र बोक्ने कार्यमा संलग्नहरुका अनुसार दानका रुपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ।

प्रत्येक वर्ष बौद्ध धर्मालम्वीले ठूलो पर्व पञ्चराँ अर्थात पञ्चदान सांस्कृतिक उत्सवका रुपमा मनाउँछन्। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, साँखु, पनौतीलगायतका ठाउँमा मनाइन्छ। पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने