अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध : Icon Khabar

काभ्रेपलाञ्चोक, भदौ ५ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् । यात्रुहरु बाटोमै अलपत्र परेका छन् भने लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किनु परेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। तर सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।

सडक अवरुद्ध हूँदा काठमाडौंबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका जाने सवारी रोकिएका छन भने आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2025
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू