पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा

पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा : Icon Khabar

काभ्रेपलाञ्चोक, भदौ ५ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।

धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए । अहिले एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

उनका अनुसार ढुंगा झर्न रोकिएपछि राजमार्गमा दुईतर्फी नै यातायात सुचारु गरिनेछ । सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । सडक अवरुद्ध हूँदा काठमाडौबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका आउने सवारी रोकिएका थिए ।

Published Date: 21 August 2025




ताजा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
राजस्थानको शानदार जित, हैदरावादलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र