पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा

पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा : Icon Khabar

काभ्रेपलाञ्चोक, भदौ ५ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।

धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए । अहिले एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

उनका अनुसार ढुंगा झर्न रोकिएपछि राजमार्गमा दुईतर्फी नै यातायात सुचारु गरिनेछ । सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । सडक अवरुद्ध हूँदा काठमाडौबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका आउने सवारी रोकिएका थिए ।

Published Date: 21 August 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने