कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने

कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने : Icon Khabar

काठमाडौँ, साउन २० । कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ।

२१ घन्टा लामो बैठकपछि समितिले प्रतिवेदन सर्वसम्मत रूपमा टुंगो लगाएको हो। सभापति जीवन परियारले सर्वसम्मत रुपमा प्रतिवेदन पारित भएको सेतोपाटीलाई जानकारी दिए।

कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिसम्बन्धी छानबिन गर्न गठित समितिले विधेयक निर्माण गर्दा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ।

समितिले कुलिङ पिरियडसम्बन्धी त्रुटिका लागि सभापति रामहरि खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार देखाएको छ। त्यस्तै विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुरा उत्तिकै जिम्मेवार हुने ठहर गरेको छ।

समितिमा भएका एक सांसदका अनुसार रातभरिको छलफलपछि बिहान सवा ४ बजे सभापतिलाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार लेख्न सहमति भएको हो। समितिको सोमबार बिहान ७ बजे सुरू भएको म्याराथन बैठकमा मंगलबार बिहान सवा ४ बजे सहमति जुटेको हो। समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन्।

समितिले विधेयकमा भएको त्रुटिका लागि समिति सचिव दुरा सहित, मुख्य सचिव र अन्य सचिवहरूलाई ’कानुन बमोजिम’ गर्न सुझाव दिएको छ।

संघीय निजामती सेवा प्रतिनिधि सभाबाट पारित हुँदा विधेयकमा कुलिङ पिरियड निष्प्रभावी हुने गरी पारित भएको थियो।

राज्य व्यवस्था समितिले विधेयकको एउटा दफामा संघीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि दुई वर्ष पर्खनुपर्ने व्यवस्था गरेको थियो। तर विधेयकको लगत्तैको दफामा निजामती सेवाका विशिष्ट र प्रथम श्रेणी बाहेकका कर्मचारीलाई लागु हुने भाषा प्रयोग भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2025
Website | + posts






ताजा
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल
महाकाली नदीमा जलसतह खतराभन्दा माथि
स्वस्थ रहन प्राणायाम किन महत्वपूर्ण छ ?
कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण