मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २० । नेपाली बजारमा सुनको मूल्य मंगलवार तोलामा १९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो कारोवार दिन आइतवार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो कारोवार दिन आइतवार चाँदी २ हजार २५५ रुपैयाँमा कारोवार भएको थियो ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2025
Website | + posts