१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण

१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : Icon Khabar

काठमाडौं, साउन १९ । सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएकोमा उक्त संख्यामा विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । शर्माका अनुसार विद्यार्थीको मिहेनत र शिक्षा प्रति अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको हो ।

बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ ।

Published Date: 04 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर