१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण

१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : Icon Khabar

काठमाडौं, साउन १९ । सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएकोमा उक्त संख्यामा विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । शर्माका अनुसार विद्यार्थीको मिहेनत र शिक्षा प्रति अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको हो ।

बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)