काठमाडौँ, साउन २० । आज २०८२ साउन २० गते मंगलबार, तद्अनुसार ५ अगष्ट २०२५ । आज साउन शुक्ल एकादशी, एन्द्र विष्टि, भद्रा ज्येष्ठा, पुत्रदा एकादशी व्रत, सूर्योदय बिहानः ०५ः२९ बजे, सूर्यास्त साँझः १८ः५० बजे ।
आजको राशिफल
मेष: आज कुनै विवादित विषयको समाधान निस्कने छ । यसबाट तपाईँको आर्थिक स्थितिमा सुधार हुनेछ । समयको सही उपयोग गर्दा फाइदा हुनेछ । पारिवारिक माहौल सुखद तथा अनुशासित रहने छ । व्यापार व्यवसाय लाभदायक हुनेछ ।
वृष: हराएको वा रोकिएको रकम फिर्ता हुन सक्छ । यात्रा रमाइलो हुनेछ । शेयर बजारमा हतार नगर्नु होला । व्यापार लाभदायक हुनेछ । पारिवारिक सहयोग मिल्ने छ । चौतर्फी खुशी छाउने छ ।
मिथुन: लाभमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । धर्म-कर्ममा रुचि बढ्ने छ । अदालतको काममा अनुकूलता आउने छ । लगानी शुभ रहने छ ।
कर्कट: बोलिचालीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । शत्रु सक्रिय रहने छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम नलिनु होला ।
सिंह: प्रसन्नता रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ । जागिरमा उच्चाधिकारी प्रसन्न रहने छन् । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । भाग्यको साथ रहने छ ।
कन्या: सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । प्रसन्नता कायम रहने छ । शेयर मार्केटमा सोच-विचार गरेरमात्र लगानी गर्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।
तुला: जागिरमा कार्यको प्रशंसा हुनेछ । लाभको अवसर हात पर्नेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । यात्रा लाभदायक रहने छ ।
वृश्चिक: रचनात्मक कार्य सफल हुनेछन् । रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । मनपर्ने खानेकुराको मजा लिन पाइने छ । पार्टी अथवा पिकनिकको आयोजना हुन सक्छ । जागिरमा कामको प्रशंसा हुनेछ ।
धनु: प्रयास सफल रहने छ । लगानी शुभ रहने छ । व्यापार लाभदायक रहने छ । हतारमा कुनै पनि नगर्नु होला । अविवाहितहरुले वैवाहिक प्रस्ताव पाउने छन् ।
मकर: अप्रत्याशित लाभ हुनसक्छ । व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला । लेन-देनमा सावधानी अपनाउनु होला ।
कुम्भ: अचानक कतैबाट लाभको सम्भावना देखा पर्नेछ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ । सहयोग प्राप्त हने छ। उपहार पाउने सम्भावना छ । अप्रत्याशित खर्च बढ्ने छ । मस्तिष्क पीडा हुनसक्छ ।
मीन: फजूल खर्च हुनेछ । नकारात्मकता रहने छ । चिन्ता तथा तनाव रहने छ । जोखिम नलिनु होला । बहुमूल्य वस्तु हराउन सक्छ, ध्यान दिनु होला । अरुको झगडामा नपर्नु होला ।
Published Date: 05 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news