आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, साउन २० । आज २०८२ साउन २० गते मंगलबार, तद्अनुसार ५ अगष्ट २०२५ । आज साउन शुक्ल एकादशी, एन्द्र विष्टि, भद्रा ज्येष्ठा, पुत्रदा एकादशी व्रत, सूर्योदय बिहानः ०५ः२९ बजे, सूर्यास्त साँझः १८ः५० बजे ।

आजको राशिफल

मेष: आज कुनै विवादित विषयको समाधान निस्कने छ । यसबाट तपाईँको आर्थिक स्थितिमा सुधार हुनेछ । समयको सही उपयोग गर्दा फाइदा हुनेछ । पारिवारिक माहौल सुखद तथा अनुशासित रहने छ । व्यापार व्यवसाय लाभदायक हुनेछ ।

वृष: हराएको वा रोकिएको रकम फिर्ता हुन सक्छ । यात्रा रमाइलो हुनेछ । शेयर बजारमा हतार नगर्नु होला । व्यापार लाभदायक हुनेछ । पारिवारिक सहयोग मिल्ने छ । चौतर्फी खुशी छाउने छ ।

मिथुन: लाभमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । धर्म-कर्ममा रुचि बढ्ने छ । अदालतको काममा अनुकूलता आउने छ । लगानी शुभ रहने छ ।

कर्कट: बोलिचालीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । शत्रु सक्रिय रहने छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम नलिनु होला ।

सिंह: प्रसन्नता रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ । जागिरमा उच्चाधिकारी प्रसन्न रहने छन् । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । भाग्यको साथ रहने छ ।

कन्या: सम्पत्तिको कार्यले ठूलो लाभ दिने छ । प्रसन्नता कायम रहने छ । शेयर मार्केटमा सोच-विचार गरेरमात्र लगानी गर्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

तुला: जागिरमा कार्यको प्रशंसा हुनेछ । लाभको अवसर हात पर्नेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । यात्रा लाभदायक रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल हुनेछन् । रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । मनपर्ने खानेकुराको मजा लिन पाइने छ । पार्टी अथवा पिकनिकको आयोजना हुन सक्छ । जागिरमा कामको प्रशंसा हुनेछ ।

धनु: प्रयास सफल रहने छ । लगानी शुभ रहने छ । व्यापार लाभदायक रहने छ । हतारमा कुनै पनि नगर्नु होला । अविवाहितहरुले वैवाहिक प्रस्ताव पाउने छन् ।

मकर: अप्रत्याशित लाभ हुनसक्छ । व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला । लेन-देनमा सावधानी अपनाउनु होला ।

कुम्भ: अचानक कतैबाट लाभको सम्भावना देखा पर्नेछ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ । सहयोग प्राप्त हने छ। उपहार पाउने सम्भावना छ । अप्रत्याशित खर्च बढ्ने छ । मस्तिष्क पीडा हुनसक्छ ।

मीन: फजूल खर्च हुनेछ । नकारात्मकता रहने छ । चिन्ता तथा तनाव रहने छ । जोखिम नलिनु होला । बहुमूल्य वस्तु हराउन सक्छ, ध्यान दिनु होला । अरुको झगडामा नपर्नु होला ।

Published Date: 05 August 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता