भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने

भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने : Icon Khabar

भक्तपुर, साउन १९ । भक्तपुरमा २०८२ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने र खानेपानी व्यवस्थापन, सवारी आवागमन सहज बनाउने र जात्रा अवधिभर शान्ति सुरक्षा कायम गर्ने विषयमा आज सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो ।

भक्तपुर नगरपालिकामा बसेको सो बैठकमा भक्तपुरको गाईजात्रा (सापारु) अन्य ठाउँको भन्दा विशेष रुपमा मनाइने जात्रा भएकोले आन्तरिक र बाह्य पर्यटकहरु उल्लेख्य आउने उक्त जात्रालाई सभ्य र आकर्षक बनाउन सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने विषयमा छलफल भएको हो।

यहि २०८२ साउन २४ गते गुन्हीपुन्ही र २५ गते सापारुको अवसरमा कुनै किसिमको बाधा व्यवधान नहोस् भनी गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरुमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरु हटाउन यही २०८२ साल साउन २२ गतेभित्र सबैले आ–आफ्नो तारहरु व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गर्यो।

बैठकले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखा, नेपाल टेलिकम, भनपा स्यानिटेसन शाखा, नगर प्रहरी प्रमुख, केबल नेटवर्कको तर्पmबाट प्रतिनिधि र सम्बन्धित वडा निरीक्षकसहितको समिति गठन गरेको हो।

गाईजात्रा अवधिभर सवारी साधन प्रवेशमा निषेध गर्ने, स्वास्थ्य उपचार सेवा प्रदान गर्ने, मदिरा बेचविखन तथा सेवनमा निरुत्साहित गर्ने, पिउने स्वच्छ पानीको व्यवस्थापन गर्ने र सरसफाइ गर्ने लगायतका कार्य गर्न सम्बन्धित निकायले आ–आप्mना कर्मचारीहरु तथा जनपरिचालन गर्ने निर्णय पनि सोही बैठकले गरेको छ।

Published Date: 04 August 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता