नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो

नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १९ । नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष बढेको छ। यद्यपि, अर्धतयारी सिमेन्ट (क्लिंकर) को निर्यात भने घटेको छ।

पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालबाट २ अर्ब २२ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट र ६९ करोड ७३ लाख रूपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा क्लिंकर र तयारी सिमेन्टको निर्यात लगभग बराबर थियो। उक्त वर्ष १ अर्ब ८८ करोडको क्लिंकर र १ अर्ब ९७ करोड रूपैयाँको तयारी सिमेन्ट निर्यात भएको थियो।

समग्रमा, त्यो आर्थिक वर्षमा कुल ३ अर्ब ८५ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो। पछिल्लो आर्थिक वर्षमा भने सिमेन्ट र क्लिंकर दुवै गरेर कुल २ अर्ब ९१ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।

समग्र निर्यात घटे पनि तयारी सिमेन्टको निर्यात बढ्नुले भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको उपस्थितिमा सुधार आएको देखिन्छ।

सिमेन्ट उत्पादकहरूले क्लिंकर सिमेन्ट उत्पादन गर्ने उद्योगहरूलाई बेच्ने गर्छन् भने, तयारी सिमेन्ट भने डिलरहरूलाई आफ्नै ब्रान्डमा बिक्री गर्छन्।

उत्पादकहरूका अनुसार, क्लिंकरबाट तयारी सिमेन्ट बनाउँदा १५ प्रतिशत अतिरिक्त मूल्य वृद्धि हुने र नेपाली ब्रान्डमा बिक्री हुने भएकाले अहिले क्लिंकरभन्दा तयारी सिमेन्टलाई बढी प्राथमिकता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)