नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो

नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १९ । नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष बढेको छ। यद्यपि, अर्धतयारी सिमेन्ट (क्लिंकर) को निर्यात भने घटेको छ।

पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालबाट २ अर्ब २२ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट र ६९ करोड ७३ लाख रूपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा क्लिंकर र तयारी सिमेन्टको निर्यात लगभग बराबर थियो। उक्त वर्ष १ अर्ब ८८ करोडको क्लिंकर र १ अर्ब ९७ करोड रूपैयाँको तयारी सिमेन्ट निर्यात भएको थियो।

समग्रमा, त्यो आर्थिक वर्षमा कुल ३ अर्ब ८५ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो। पछिल्लो आर्थिक वर्षमा भने सिमेन्ट र क्लिंकर दुवै गरेर कुल २ अर्ब ९१ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।

समग्र निर्यात घटे पनि तयारी सिमेन्टको निर्यात बढ्नुले भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको उपस्थितिमा सुधार आएको देखिन्छ।

सिमेन्ट उत्पादकहरूले क्लिंकर सिमेन्ट उत्पादन गर्ने उद्योगहरूलाई बेच्ने गर्छन् भने, तयारी सिमेन्ट भने डिलरहरूलाई आफ्नै ब्रान्डमा बिक्री गर्छन्।

उत्पादकहरूका अनुसार, क्लिंकरबाट तयारी सिमेन्ट बनाउँदा १५ प्रतिशत अतिरिक्त मूल्य वृद्धि हुने र नेपाली ब्रान्डमा बिक्री हुने भएकाले अहिले क्लिंकरभन्दा तयारी सिमेन्टलाई बढी प्राथमिकता दिइएको छ।

Published Date: 04 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर