सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १९ । सेयर बजारमा तीन दिनको गिरावट पछि आज वृद्धि देखिएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.६२ अंकले बढेर २ हजार ८६७.५२ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले बढेर ४९४.८७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर १० अर्ब ८२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने १३ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2025
Website | + posts