काठमाडौँ, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यदि कुनै प्राविधिक समस्या नआए, नतिजा आजै प्रकाशित हुने बोर्ड स्रोतले जानकारी दिएको छ।
गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फका परीक्षार्थी थिए।
बोर्डले नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। नतिजा बोर्डको वेबसाइटसहित एसएमएस र विभिन्न मोबाइल एपमार्फत पनि प्राप्त गर्न सकिनेछ।
Published Date: 04 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1