कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी : Icon Khabar

काठमाडौँ, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यदि कुनै प्राविधिक समस्या नआए, नतिजा आजै प्रकाशित हुने बोर्ड स्रोतले जानकारी दिएको छ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फका परीक्षार्थी थिए।

बोर्डले नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। नतिजा बोर्डको वेबसाइटसहित एसएमएस र विभिन्न मोबाइल एपमार्फत पनि प्राप्त गर्न सकिनेछ।

Published Date: 04 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर