बिहिबार नेप्से परिसूचक ३१.५० अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ३१.५० अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन १५ । सेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो दिन उच्च गिरावट आएको छ ।

हिजो बुधबार ४७.९३ अंकले घटेको परिसूचक आज ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा ओर्लिएको छ । आज नेप्से १.०६ प्रतिशतले घटेको छ ।

आज सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो १६ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

भूगोल इनर्जी डेभलपमेन्ट कमपनीको सेयर मूल्य सर्वाधिक ७.१० प्रतिशत घटेको छ।

आज वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।

Published Date: 31 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै