नागढुंगाबाट १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई जना पक्राउ

नागढुंगाबाट १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन १५ । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

बुधबार मध्यरात करिब १ बजेको समयमा बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडदेखि काठमाडौंतर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध र नगद बरामद भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न