नागढुंगाबाट १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई जना पक्राउ

नागढुंगाबाट १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन १५ । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

बुधबार मध्यरात करिब १ बजेको समयमा बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडदेखि काठमाडौंतर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध र नगद बरामद भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।

Published Date: 31 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै