आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू

यहि अगस्टको ७ तारिखभित्र प्रि-बुक गर्ने संस्थाले १५% सम्मको छुट पाउने

आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू : Icon Khabar

काठमाडौं, साउन १५ । आइडिया फर वर्ल्ड नेपाल ट्रेडिङ प्रा.लि. ले पीसी डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । बुधबार काठमाडौँको कमलादीस्थित स्काईवाक टावरमा आयोजित एक कार्यक्रमका बीच सो उत्पादनहरू सार्वजनिक गरिएको हो ।

बेलायतमा प्रवर्तन भएको डोम हाउस, आधुनिक निर्माण प्रविधिको एक उच्च नमूना हो । यो प्रविधि नवप्रवर्तन, पहुँचयोग्यता र वातावरणीय उत्तरदायित्वको संयोजनका साथ निर्माण गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङले जनाएको छ । यसले नेपालमा आधुनिक आवास निर्माण प्रविधिमा सोचमा नयाँ सम्भावनाको अपेक्षा गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डेले उद्घाटन गरेको कार्यक्रममा प्रतिनिधि सभा सांसद मन्जु खाण, होटल व्यवसायी उद्योगपति, उद्यमी, कूटनीतिक प्रतिनिधिहरू तथा विषय विज्ञहरूको उपस्थिति थियो ।

कम्पनीका निर्देशक सन्तोष सुवेदीले कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाको मूल नाराका रूपमा ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिका लागि साझेदारी’ रहेको बताए । उनले सहभागीहरुको प्रश्न र जिज्ञासाहरुको जवाफ पनि दिएका थिए।

त्यस्तै, ब्रान्ड एम्बेसडर नायिका बेनिशा हमालले यस्ता नवप्रवर्तनमूलक पहलहरूले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनीकी सीइओ उषा खतिवडाले यो शुभारम्भ केवल एउटा व्यवसायिक उपलब्धि मात्र नभईकन नेपालले नवप्रवर्तन र दिगोपनामा नेतृत्व गर्न तयार रहेको साहसिक घोषणा भएको बताईन्।

यहि अगस्टको ७ तारिखभित्र प्रि-बुक गर्ने संस्थाले १५% सम्मको छुट पाउने कम्पनीले जनाएको छ।

Published Date: 31 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै