आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू

यहि अगस्टको ७ तारिखभित्र प्रि-बुक गर्ने संस्थाले १५% सम्मको छुट पाउने

आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू : Icon Khabar

काठमाडौं, साउन १५ । आइडिया फर वर्ल्ड नेपाल ट्रेडिङ प्रा.लि. ले पीसी डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । बुधबार काठमाडौँको कमलादीस्थित स्काईवाक टावरमा आयोजित एक कार्यक्रमका बीच सो उत्पादनहरू सार्वजनिक गरिएको हो ।

बेलायतमा प्रवर्तन भएको डोम हाउस, आधुनिक निर्माण प्रविधिको एक उच्च नमूना हो । यो प्रविधि नवप्रवर्तन, पहुँचयोग्यता र वातावरणीय उत्तरदायित्वको संयोजनका साथ निर्माण गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङले जनाएको छ । यसले नेपालमा आधुनिक आवास निर्माण प्रविधिमा सोचमा नयाँ सम्भावनाको अपेक्षा गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डेले उद्घाटन गरेको कार्यक्रममा प्रतिनिधि सभा सांसद मन्जु खाण, होटल व्यवसायी उद्योगपति, उद्यमी, कूटनीतिक प्रतिनिधिहरू तथा विषय विज्ञहरूको उपस्थिति थियो ।

कम्पनीका निर्देशक सन्तोष सुवेदीले कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाको मूल नाराका रूपमा ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिका लागि साझेदारी’ रहेको बताए । उनले सहभागीहरुको प्रश्न र जिज्ञासाहरुको जवाफ पनि दिएका थिए।

त्यस्तै, ब्रान्ड एम्बेसडर नायिका बेनिशा हमालले यस्ता नवप्रवर्तनमूलक पहलहरूले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनीकी सीइओ उषा खतिवडाले यो शुभारम्भ केवल एउटा व्यवसायिक उपलब्धि मात्र नभईकन नेपालले नवप्रवर्तन र दिगोपनामा नेतृत्व गर्न तयार रहेको साहसिक घोषणा भएको बताईन्।

यहि अगस्टको ७ तारिखभित्र प्रि-बुक गर्ने संस्थाले १५% सम्मको छुट पाउने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
Published Date: 31 July 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न