तपाईले खिर खानुभयो ? कसरि तयार पार्ने खिर ?

तपाईले खिर खानुभयो ? कसरि तयार पार्ने खिर ? : Icon Khabar

भक्तपुर, साउन १५ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरू बिच लोकप्रिय छ ।

४ देखि ५ जनालाई पुग्ने खिरको परिकार बनाउन करिव १ घण्टाको समय लाग्छ ।

आवश्यक पर्ने सामग्रीहरु:

दूध: ४ लिटर

शुद्ध घिउ: २०० ग्राम

अनदी या टैचनको चामल: ५०० ग्राम

चिनी या मिश्री: ३०० ग्राम

मरिच खस्रो पिसेको: १ सानो चम्चा

जाईफल: १ सानो दाना मसिनो गरि पिस्ने

काजु किसमिस बदम नरिवल: १०० ग्राम ( नभए पनि हुने )

बनाउने बिधि:

१. कसौडिमा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने

२. दुध राखी हल्का आँचमा ४५ मिनेट जति पकाउने !

३. पाकी सकेपछि बाँकि सामान राखी चलाउने र केहि समय छोपी राख्ने

अब खिर तयार भयो !

Published Date: 31 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै