तपाईले खिर खानुभयो ? कसरि तयार पार्ने खिर ?

तपाईले खिर खानुभयो ? कसरि तयार पार्ने खिर ? : Icon Khabar

भक्तपुर, साउन १५ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरू बिच लोकप्रिय छ ।

४ देखि ५ जनालाई पुग्ने खिरको परिकार बनाउन करिव १ घण्टाको समय लाग्छ ।

आवश्यक पर्ने सामग्रीहरु:

दूध: ४ लिटर

शुद्ध घिउ: २०० ग्राम

अनदी या टैचनको चामल: ५०० ग्राम

चिनी या मिश्री: ३०० ग्राम

मरिच खस्रो पिसेको: १ सानो चम्चा

जाईफल: १ सानो दाना मसिनो गरि पिस्ने

काजु किसमिस बदम नरिवल: १०० ग्राम ( नभए पनि हुने )

बनाउने बिधि:

१. कसौडिमा घिउ राखी चामल हल्का खैरो हुने गरि भुट्ने

२. दुध राखी हल्का आँचमा ४५ मिनेट जति पकाउने !

३. पाकी सकेपछि बाँकि सामान राखी चलाउने र केहि समय छोपी राख्ने

अब खिर तयार भयो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न