आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स अफरको सम्झौता

क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स अफरको सम्झौता : Icon Khabar

काठमाडौं, फागुन ४ । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नुहुन्छ ।

यो अफर अवधिभर हरेक बुधबार खरिदमा मात्र लागू हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका सर्त अनुसार प्रयोगकर्ताहरूले एक दिनमा एक पल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नुहुनेछ । त्यस पश्चात् प्रयोगकर्ताहरूले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्नुहुनेछ ।

साथै आगामी दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाउनुहुनेछ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको छ ।

काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे।

त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्ध भई यो अफर मार्फत मुभी प्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहकहरू आकर्षित हुने विश्वास व्यक्त गरे।

Published Date: 16 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ