मतदाताले आफू बसेको जुनसुकै ठाउँबाट मतदान गर्न पाउनुपर्छ : प्र निर्वाचन आयुक्त थपलिया

मतदाताले आफू बसेको जुनसुकै ठाउँबाट मतदान गर्न पाउनुपर्छ : प्र निर्वाचन आयुक्त थपलिया : Icon Khabar

काठमाडौं, फागुन ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफ्नो स्थायी ठेगाना जुनसुकै भए पनि आफू बसेको ठाउँबाट मतदान गर्न पाउने कानुन बनाउनुपर्ने बतायेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताले आफू बसेको ठाउँबाट मतदान गर्न सक्ने गरी कानुन बनाउनुपर्ने बताए ।

उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोबास गरेको ठाउँबाट समेत समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने बताए । उनले यसपटक कर्मचारी र कैदीबन्दीलाई समानुपातिक रूपमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा आम मतदाताले पनि सोहीअनुसार मतदान गर्न सक्ने गरी कानुन बनाउनुपर्ने बताए । उनले यस्तो व्यवस्थाले निर्वाचनमा मतदाताको चाप बढ्ने बताए ।

उनले निर्वाचन आयोगले समावेशीता र लैङ्गिक समानताका आधारमा निर्वाचन ऐन तयार गरिरहेको बताए ।

Published Date: 16 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?