मतदाताले आफू बसेको जुनसुकै ठाउँबाट मतदान गर्न पाउनुपर्छ : प्र निर्वाचन आयुक्त थपलिया

मतदाताले आफू बसेको जुनसुकै ठाउँबाट मतदान गर्न पाउनुपर्छ : प्र निर्वाचन आयुक्त थपलिया : Icon Khabar

काठमाडौं, फागुन ४ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफ्नो स्थायी ठेगाना जुनसुकै भए पनि आफू बसेको ठाउँबाट मतदान गर्न पाउने कानुन बनाउनुपर्ने बतायेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताले आफू बसेको ठाउँबाट मतदान गर्न सक्ने गरी कानुन बनाउनुपर्ने बताए ।

उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोबास गरेको ठाउँबाट समेत समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने बताए । उनले यसपटक कर्मचारी र कैदीबन्दीलाई समानुपातिक रूपमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा आम मतदाताले पनि सोहीअनुसार मतदान गर्न सक्ने गरी कानुन बनाउनुपर्ने बताए । उनले यस्तो व्यवस्थाले निर्वाचनमा मतदाताको चाप बढ्ने बताए ।

उनले निर्वाचन आयोगले समावेशीता र लैङ्गिक समानताका आधारमा निर्वाचन ऐन तयार गरिरहेको बताए ।

Published Date: 16 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न