प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जना पक्राउ

प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जना पक्राउ : Icon Khabar

काठमाडौं, फागुन ४ । गोंगबुमा गत फागुन १ गते भएको यातायात मजदुर संगठनले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका अधिकांश व्यक्तिहरु चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगञ्ज पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले लोत्से मलमा भएको चोरीमा तीन जना र आगजनी तथा तोडफोडमा संलग्न १२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भएका १९ वर्षीय सुरज मगर (ताप्ले), उदयपुरका ३० वर्षीय रितेश बस्नेत (भेना) र मोरङ बेलबारी घर भएका ३० वर्षीय यमन राई छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका हुन् ।

यसैगरी, आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका १८ वर्षीय सुनिल कालिकोटे, माछा पोखरी घर भएका २२ वर्षीय रोमन नगरकोटी, नुवाकोट घर भएका १८ वर्षीय सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने ३३ वर्षीय माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका १८ वर्षीय इन्द्र तामाङ छन् ।

त्यस्तै, पक्राउ पर्नेमा धादिङ घर भएर तार्केश्वर बस्ने २६ वर्षीय चालक ईलाराज गुरुङ, उदयपुर घर भएका २७ वर्षीय सह–चालक राजन राउत, काभ्रे घर भएका २८ वर्षीय चालक हरिशरण तामाङ, धादिङ घर भएका १८ वर्षीय सहचालक विकास गुरुङ, चितवन घर भएका २७ वर्षीय चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने १९ वर्षीय कविन खड्गी रहेका छन् ।

Published Date: 16 February 2023
ताजा
बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता गरगहना सहित एक जना दुवाकोटबाट पक्राउ
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी