सीआईबीद्वारा टी–२० क्रिकेट खेलमा भएको म्याच फिक्सिङ बारे अनुसन्धान पूरा, १२ जना अभियुक्त

सीआईबीद्वारा टी–२० क्रिकेट खेलमा भएको म्याच फिक्सिङ बारे अनुसन्धान पूरा, १२ जना अभियुक्त : Icon Khabar

काठमाडौँ, फागुन ४ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।

प्रतिवादी बनाइएकामा छ जना नेपाली र छ जना भारतीय नागरिक रहेको प्रवक्ता थापाले जानकारी दिए । प्रतिवेदनमा सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अलुवालियाको योजनामा अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समीर सेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाइएको छ।

क्यानले सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरी लिग खेल सञ्चालन गरेको थियो। खेलमा मुख्य प्रायोजक सट्टेबाजी गराउने एक्स बेट भएकाले मिलेमतोको आशङ्का गरिएको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनमा मिलेमतोका क्रममा नितेश गुप्ताले आरिफ सेखलाई फिक्सिङको प्रस्ताव गरेको उल्लेख छ। सेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट सङ्घ (क्यान)लाई खबर गरेको सीआईबीले जनाएको छ।

पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको र खेलमा सोहीअनुसार भएको पाइएको अनुसन्धानबाट खुलेको छ। गत पुस १२ गते भएको काठमाडौँ नाइट्सविरुद्ध आठौँ खेलको १२औँ ओभरको पहिलो बलमा नो बल फ्याँकिएको थियो। आदिलले स्पट फिक्सिङका क्रममा नो बल र अर्को बल वाइड फालेको पाइएको छ। पक्राउ परेका दुई खेलाडीमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

Published Date: 16 February 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर