अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने

अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने : Icon Khabar

वासिङ्टन डीसी, साउन ६ । अब अमेरिकाको भ्रमण गर्न चाहने अन्तर्राष्ट्रिय आगन्तुकहरूले भिसा आवेदन शुल्कसँगै ‘भिसा इन्टेग्रिटी शुल्क’ अन्तर्गत कम्तीमा २५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

उक्त व्यवस्था हालै ट्रम्प प्रशासनद्वारा पारित घरेलु नीति विधेयकमार्फत सार्वजनिक गरिएको सिएनएनले जनाएको छ । यो शुल्क अमेरिका प्रवेश गर्न गैरआवासीय भिसा आवश्यक पर्ने सबै व्यक्तिहरूमा लागू हुनेछ । यसमा पर्यटक, व्यवसायिक यात्रु,अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी रूपमा अमेरिका प्रवेश गर्ने अन्य व्यक्तिहरू समावेश छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, सन् २०२४ मा करिब १.१ करोड गैरआवासीय भिसा जारी गरिएको थियो ।

अष्ट्रेलिया र धेरै युरोपेली मुलुकहरू लगायत भिसा वेभर प्रोग्राम अन्तर्गतका देशहरूका नागरिकहरूले ९० दिन अथवा कम अवधिका लागि अमेरिका प्रवेश गर्दा भिसा लिनु नपर्ने भएकाले उनीहरू यो शुल्कबाट प्रभावित हुने छैनन् ।

शुल्क भिसा जारी गर्ने समयमा नै तिर्नुपर्ने व्यवस्था गरिएको छ, र यसमा कुनै शुल्क छुट नहुने स्पष्ट गरिएको छ । तर, भिसाको सर्त पालना गर्ने आगन्तुकले यात्रा पश्चात शुल्क फिर्ता पाउने प्रावधान राखिएको छ ।

आप्रवासन वकिल स्टेभन ए ब्राउनका अनुसार, यो शुल्क ‘फिर्ता योग्य सुरक्षा धरौटी’ जस्तै हो । यद्यपि, कसरी फिर्ता लिने भन्ने प्रक्रिया अझै स्पष्ट नभएको उनको भनाइ छ।

नयाँ शुल्कको कार्यान्वयनको जिम्मा पाएको अमेरिकी गृह सुरक्षा विभागले अझै यससम्बन्धी विस्तृत प्रक्रिया सार्वजनिक गरेको छैन ।

विदेश मन्त्रालयका अनुसार, शुल्क लगाउनुको उद्देश्य अप्रवासन नियन्त्रण, भिसा उल्लङ्घन नियन्त्रण र सीमा सुरक्षामा सघाउने हो । शुल्क फिर्ता नपाइएमा रकम अमेरिकी कोषमा जम्मा गरिनेछ ।

सन् २०२५ का लागि प्रारम्भिक शुल्क २५० डलर वा डिएचएस सचिवले तोकेको अधिकतम रकम हुनेछ । यो शुल्क हरेक वर्ष मुद्रास्फीति अनुसार समायोजन गरिने बताइएको छ ।

Published Date: 22 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु