ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, साउन ६ । ह्वावे टेक्नोलोजिज चार वर्षभन्दा लामो समयपछि पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा पुगेको छ । सुस्ताउँदै गएको बजारमा प्रयोगकर्तालाई आकर्षित गर्ने नयाँ डिजाइन र सफ्टवेयरका कारण यो पुनरागमन सम्भव भएको हो ।

आईडीसीको तथ्यांकअनुसार सन् २०२५ को जुनसम्मको त्रैमासिक अवधिमा ह्वावेले बजारको करिब १८% हिस्सा ओगट्न सफल भएको छ । जबकि प्रतिस्पर्धी कम्पनी भिभो र ओप्पो जस्ता ब्रान्डहरूको बजार हिस्सा घटेको छ । समग्रमा चीनमा स्मार्टफोन शिपमेन्ट ४% ले घटेर ६ करोड ९० लाख युनिटमा झरेको भए पनि शेन्जेनस्थित ह्वावेले भने अन्य प्रतिस्पर्धीको तुलनामा यस अवधिमा राम्रो प्रदर्शन गरेको छ ।

ह्वावेको पुनरागमन अमेरिकाले लगाएको निर्यात प्रतिबन्ध पश्चात् आएको हो । उक्त प्रतिबन्धले कम्पनीलाई आफ्नै प्रविधि र हार्डवेयर विकास गर्न प्रेरित गर्‍यो, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपहरू समेत छन् ।

सन् २०२४ मा ह्वावेले पूर्ण रूपमा घरेलु रूपमा डिजाइन र उत्पादन गरिएका चिप प्रयोग गरी विभिन्न स्मार्टफोनहरू सार्वजनिक गर्‍यो, जसमा विश्वमै पहिलो पल्ट व्यावसायिक रूपमा उपलब्ध दुईपल्ट फोल्ड हुने फोन पनि थियो । साथै, कम्पनीले गुगलको एन्ड्रोइड सिस्टम छोडेर आफ्नै अपरेटिङ सिस्टम भएको स्मार्टफोन पनि बजारमा ल्याएको छ ।

आईडीसीका अनुसार पछिल्ला लगातार ६ त्रैमासिक अवधिपछि पहिलो पटक शिपमेन्ट घटेको हो । यसमा चिनियाँ सरकारले उपलब्ध गराएको उपभोक्ता सब्सिडीमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ ।

चिनियाँ बजारमा ह्वावेपछि क्रमशः भिभो दोस्रो (१७.३%), ओप्पो तेस्रो (१५.५%), साओमी चौथो (१५.१%) र एप्पल पाँचौं (१३.९%) स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 July 2025
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला