ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा : Icon Khabar

काठमाडौँ, साउन ६ । ह्वावे टेक्नोलोजिज चार वर्षभन्दा लामो समयपछि पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा पुगेको छ । सुस्ताउँदै गएको बजारमा प्रयोगकर्तालाई आकर्षित गर्ने नयाँ डिजाइन र सफ्टवेयरका कारण यो पुनरागमन सम्भव भएको हो ।

आईडीसीको तथ्यांकअनुसार सन् २०२५ को जुनसम्मको त्रैमासिक अवधिमा ह्वावेले बजारको करिब १८% हिस्सा ओगट्न सफल भएको छ । जबकि प्रतिस्पर्धी कम्पनी भिभो र ओप्पो जस्ता ब्रान्डहरूको बजार हिस्सा घटेको छ । समग्रमा चीनमा स्मार्टफोन शिपमेन्ट ४% ले घटेर ६ करोड ९० लाख युनिटमा झरेको भए पनि शेन्जेनस्थित ह्वावेले भने अन्य प्रतिस्पर्धीको तुलनामा यस अवधिमा राम्रो प्रदर्शन गरेको छ ।

ह्वावेको पुनरागमन अमेरिकाले लगाएको निर्यात प्रतिबन्ध पश्चात् आएको हो । उक्त प्रतिबन्धले कम्पनीलाई आफ्नै प्रविधि र हार्डवेयर विकास गर्न प्रेरित गर्‍यो, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपहरू समेत छन् ।

सन् २०२४ मा ह्वावेले पूर्ण रूपमा घरेलु रूपमा डिजाइन र उत्पादन गरिएका चिप प्रयोग गरी विभिन्न स्मार्टफोनहरू सार्वजनिक गर्‍यो, जसमा विश्वमै पहिलो पल्ट व्यावसायिक रूपमा उपलब्ध दुईपल्ट फोल्ड हुने फोन पनि थियो । साथै, कम्पनीले गुगलको एन्ड्रोइड सिस्टम छोडेर आफ्नै अपरेटिङ सिस्टम भएको स्मार्टफोन पनि बजारमा ल्याएको छ ।

आईडीसीका अनुसार पछिल्ला लगातार ६ त्रैमासिक अवधिपछि पहिलो पटक शिपमेन्ट घटेको हो । यसमा चिनियाँ सरकारले उपलब्ध गराएको उपभोक्ता सब्सिडीमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ ।

चिनियाँ बजारमा ह्वावेपछि क्रमशः भिभो दोस्रो (१७.३%), ओप्पो तेस्रो (१५.५%), साओमी चौथो (१५.१%) र एप्पल पाँचौं (१३.९%) स्थानमा रहेका छन् ।

Published Date: 22 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै