सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु

सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु : Icon Khabar

भक्तपुर, साउन ६ । भक्तपुरमा विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक इतबुं क्षेत्रमा आज बिहान ११:२० बजे काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिदा मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने वर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठलाई बाटो क्रश गर्ने क्रममा ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिएको थियो। ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने वर्ष २८ को निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ।

Published Date: 22 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु