भक्तपुर, साउन ६ । भक्तपुरमा विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक इतबुं क्षेत्रमा आज बिहान ११:२० बजे काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई ठक्कर दिदा मृत्यु भएको छ।
भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने वर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठलाई बाटो क्रश गर्ने क्रममा ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिएको थियो। ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने वर्ष २८ को निल कुमार तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ।
Published Date: 22 July 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1