आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान

आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान : Icon Khabar

काठमाडौँ, साउन ५ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो ।

यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै सबैभन्दा कम (४६.८३ प्रतिशत) एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी कोशी प्रदेशमा ६१.७९ अर्थात् एक लाख ७० हजार ७९० हेक्टर, बागमती प्रदेशमा ८७.१९ प्रतिशत अर्थात् एक लाख २० हजार ५४५ हेक्टर, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर, लुम्बिनी प्रदेशमा ८७.९३ प्रतिशत र कर्णाली प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यो वर्ष देशभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला