आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान

आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान : Icon Khabar

काठमाडौँ, साउन ५ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो ।

यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै सबैभन्दा कम (४६.८३ प्रतिशत) एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी कोशी प्रदेशमा ६१.७९ अर्थात् एक लाख ७० हजार ७९० हेक्टर, बागमती प्रदेशमा ८७.१९ प्रतिशत अर्थात् एक लाख २० हजार ५४५ हेक्टर, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर, लुम्बिनी प्रदेशमा ८७.९३ प्रतिशत र कर्णाली प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यो वर्ष देशभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।

Published Date: 21 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु