ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि… : Icon Khabar

काठमाडौं, साउन ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई संघीय जाँच ब्यूरो (एफबीआई)ले ह्वाइट हाउसको ओभल अफिसमा गिरफ्तार गरेको देखाउने एआई-उत्पन्न भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि विवाद चुलिएको छ।

यो भिडियो ट्रम्पले ओबामामाथि “उच्च-स्तरीय चुनावी धाँधली” को आरोप लगाएको केही हप्तापछि आएको हो।

उक्त भिडियो ओबामाले “विशेष गरी राष्ट्रपति कानुनभन्दा माथि हुन्छ” भनिरहेकोबाट सुरु हुन्छ । त्यसपछि धेरै अमेरिकी राजनीतिज्ञहरूले “कोही पनि कानुनभन्दा माथि छैन” भनिरहेको देखाइएको छ । क्लिप पछि ओबामालाई दुई एफबीआई एजेन्टले कार्यालयमै हतकडी लगाएको एआई भिडियोमा देखिन्छ । उनकाे “गिरफ्तारी” को समयमा यता ट्रम्प भने मुस्कुराउँदै बसिरहेको देख्न सकिन्छ।

यो नक्कली भिडियो ओबामा जेलको सुन्तला रङको पोशाक लगाएर कारागारभित्र उभिएको दृश्यसँगै समाप्त हुन्छ। ट्र

यो घटना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्डले गत हप्ता आफूसँग पूर्व ओबामा अधिकारीहरूले २०१६ को चुनावपछि ट्रम्पको राष्ट्रपति पद रोक्नका लागि ट्रम्प-रूस सम्बन्धको सिद्धान्त कथित रूपमा बनाएको प्रमाण रहेको खुलासा गरेपछि आएको हो। उनले पूर्व ओबामा प्रशासनको सुनुवाइको लागि आह्वान गरेकी थिइन्।

Published Date: 21 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै