सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, साउन ५ । सेयर बजार परिसूचक नेप्सेले २९ सयको विन्दु पार गरेको छ । आइतबार २९ सय २२ अंकसम्म पुगेको बजार नाफा बुक गर्ने हावी हुँदा २८ सय ७० मा आएर बन्द भएको थियो । सोमबार दिन भर पनि बजारमा उदारचढाव रहेपनि अन्तिममा आएर बजार ३१.७८ अंकले बढेर २९ सय २.७८ अंकमा पुगेर कारोबार भन्द भएको हो ।

सोमबार ३११ कम्पनीको ३ करोड ५६ लाख कित्ता शेयर कारोबार हुँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाको कारोबार भएको छ । कारोबार भएका कम्पनीमा सबै भन्दाबढी थ्रिस्टर हाईड्रोपावरका लगानी कर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । यस्तै, ट्रेड टावर लिमिटेडका लगानी कर्ताले ९.९८ प्रतिशतले कमाएका छन् । बजार ३१ अंकले बढेपनि ग्रिन डेभलेपमेन्ट र सप्ताकोसी डेभलपमेन्ट बैंकका सेयर लगानी कर्ताले भने १० प्रतिशतले गुमाएका छन् ।

नोट : अन्तिम १५ मिनेटको कारोबारको औसत गणना बजार बन्द भएको केही समयपछि मात्र आउने भएकाले त्यसपछि नेप्से सूचकमा सामान्य तलमाथि हुन सक्नेछ ।

Published Date: 21 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै