भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी

भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी : Icon Khabar

काठमाडौँ, साउन ५ । गत असार २३ गते राती चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको कारण बीमा कम्पनीहरूमा २८ करोड ९२ लाख रूपैयाँको दाबी परेको छ।

सामान ल्याउँदा गरिने सामुद्रिक बीमा बापत १५ करोड ७० लाख, इन्जिनियरिङ र ठेकेदार जोखिमबापत पाँच करोड ५५ लाख रूपैयाँको दाबी परेको छ।

सम्पत्ति बीमा बापत चार करोड १० लाख रूपैयाँ, सार्वजनिक मोटर बीमा बापत दुई करोड ३१ लाख र निजी बीमा बापत एक करोड १७ लाख रूपैयाँ बराबरको दाबी परेको हो।

२८ करोड ९२ लाख दाबी पर्दा शिखर इन्सुरेन्समा मात्रै १६ करोड १२ लाख रूपैयाँको दाबी परेको छ। त्यसपछि सबैभन्दा धेरै नेको इन्सुरेन्समा पाँच करोड १२ लाख रूपैयाँको दाबी परेको थियो।

असार २३ गते राति चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले चीन र नेपाल जोड्ने मितेरी पुल, रसुवागढी भन्सार कार्यालय परिसर र त्यहाँ रहेका गाडीहरू बगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ