भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी

भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी : Icon Khabar

काठमाडौँ, साउन ५ । गत असार २३ गते राती चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको कारण बीमा कम्पनीहरूमा २८ करोड ९२ लाख रूपैयाँको दाबी परेको छ।

सामान ल्याउँदा गरिने सामुद्रिक बीमा बापत १५ करोड ७० लाख, इन्जिनियरिङ र ठेकेदार जोखिमबापत पाँच करोड ५५ लाख रूपैयाँको दाबी परेको छ।

सम्पत्ति बीमा बापत चार करोड १० लाख रूपैयाँ, सार्वजनिक मोटर बीमा बापत दुई करोड ३१ लाख र निजी बीमा बापत एक करोड १७ लाख रूपैयाँ बराबरको दाबी परेको हो।

२८ करोड ९२ लाख दाबी पर्दा शिखर इन्सुरेन्समा मात्रै १६ करोड १२ लाख रूपैयाँको दाबी परेको छ। त्यसपछि सबैभन्दा धेरै नेको इन्सुरेन्समा पाँच करोड १२ लाख रूपैयाँको दाबी परेको थियो।

असार २३ गते राति चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले चीन र नेपाल जोड्ने मितेरी पुल, रसुवागढी भन्सार कार्यालय परिसर र त्यहाँ रहेका गाडीहरू बगाएका छन्।

Published Date: 21 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै