इरानमा तापक्रम ५० डिग्री सेल्सियस माथि

इरानमा तापक्रम ५० डिग्री सेल्सियस माथि : Icon Khabar

तेहरान, साउन ५ । इरानले जारी गर्मीको प्रचण्ड लहरका बिच आम नागरिकलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ। सरकारी अधिकारीहरूका अनुसार देश हालसम्मकै वर्षको सबैभन्दा गर्मी साता भोग्दैछ, जहाँ कतिपय क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पार गरेको छ।

तेहरानमा आउँदो बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ। सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानी ले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘अत्यधिक गर्मी र पानी तथा बिजुली संरक्षणको आवश्यकतालाई ध्यानमा राख्दै बुधबार तेहरानमा सार्वजनिक बिदा घोषणा गरिएको छ।’

इरानका विशेष गरी दक्षिणी र शुष्क प्रान्तहरूमा पानी सङ्कटको गम्भीर समस्या भोगिरहेको छ। जल स्रोतहरूको दुरुपयोग, व्यवस्थापनको कमजोरी र जलवायु परिवर्तनका कारण समस्याको दायरा बढेको बताइन्छ।

तेहरान महानगरपालिकाका अध्यक्ष मेहदी चामरान ले नागरिकहरूलाई पानी जथाभावी प्रयोग नगर्न अनुरोध गरेका छन्। तेहरान पानी व्यवस्था कम्पनीले सार्वजनिक वक्तव्य जारी गर्दै कम्तीमा २० प्रतिशत पानी बचत गर्न अपिल गरेको छ।

पानी व्यवस्थापन निकायका अनुसार, ‘तेहरानलाई आपूर्ति गरिने बाँधहरूमा रहेको पानीको सतह पछिल्लो सय वर्षको तुलनामा सबैभन्दा कम भएको छ।’

जलवायु परिवर्तन र वर्षा घट्दा वर्षौँदेखि जलस्तर घट्दो क्रममा रहेको पनि कम्पनीले जनाएको छ।

इरानी मौसम सेवा अनुसार, आइतबार तेहरानमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने सोमबार थप बढेर ४१ डिग्री पुग्ने अनुमान गरिएको छ।

Published Date: 21 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु