स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति

स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति : Icon Khabar

काठमाडौं, असार ३१ । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

‘यो समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको हो’, खापुङले अनलाइनखबरसँग भने, ‘सञ्चारमाध्यमहरुमा आएका विषयहरुमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2025
Website | + posts










ताजा
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई
स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति
चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला